Ad Image

इजरायलले मध्यपूर्वको सुरक्षामा खतरा निम्त्यायो : टर्कीए राष्ट्रपति एर्दोगान

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/erdogan.jpg

इस्तानबुल । टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगान इजरायलले मध्यपूर्वको सुरक्षामा खतरा निम्त्याएको बताएका छन् । ​​​​​​​एर्दोगानले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग सोमबार भएको टेलिफोन वार्तामा उक्त कुरा बताएका हुन् । 

एर्दोगानले नेता पुटिनसँगको वार्तामा भने, “इरानमाथि इजरायलको आक्रमणबाट सुरु भएको हिंसाको चक्रले सम्पूर्ण क्षेत्रको सुरक्षालाई जोखिममा पारेको छ ।” इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारको ‘अराजक रवैया’ ले ’अन्तर्राष्ट्रिय प्रणालीका लागि स्पष्ट खतरा उत्पन्न गरेको’ र मध्यपूर्वले ’नयाँ युद्ध सहन नसक्ने’ पुटिनसँग बताएको राष्ट्रपति एर्दोगानको कार्यालयले जनाएको छ । ​​​​​​​क्रेमलिनका अनुसार पुटिन र एर्दोगानबीच भएको वार्तालाई इजरायल र इरानबीचको युद्ध तत्काल अन्त्यका लागि आह्वान गर्न प्रयोग गरिएको थियो । ​​​​​​​

क्रेमलिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेताहरूले शत्रुताको तत्काल अन्त्य गर्न र इरानको आणविक कार्यक्रमलगायत विवादास्पद मुद्दाहरूको समाधान राजनीतिक र कूटनीतिक माध्यमबाट गर्न आह्वान गरेका छन् । गत शुक्रबार इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि भड्किएको इरान र इजरायलबीचको द्वन्द्वसँगै टर्कीएले आफ्नो कूटनीतिलाई तीव्र बनाएको छ ।