Ad Image

जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृ*त्यु, ४ घाइते

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Accident1.jpg

जुम्ला । चन्दननाथ नगरपालिका–७ स्थित खल्लाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोहित रसाइलीका अनुसार गएराति चन्दननाथ नगरपालिकाको एयरपोर्टबाट चन्दननाथ–९ तलिउमतर्फ जाँदै गरेको लु २ त १११५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चन्दननाथ–९ का ४८ वर्षीय जोखी सार्कीको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । 

सो दुर्घटनामा घाइते हुनेमा चन्दननाथ–९ तलिउमका २९ वर्षीया देबु सार्की, ३५ वर्षीया मैनामुरली सार्की, ४८ वर्षीया रङ्गा सार्की र ट्रयाक्टर चालक २२ वर्षीय सन्तोष सार्की रहेको प्रहरी निरीक्षक रसाइलीले जानकारी दिए । घाइतेहरूको सो प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।