सर्लाहीमा बाटो बनाउने विषयमा विवाद भएपछि प्रहरीले चलायो गोली


सर्लाही । सर्लाहीमा बाटो चौडा गर्ने विषयमा विवाद भएपछि प्रहरीले गोली चलाएको छ । शनिवार बिहान सर्लाहीको बरहथवा नगरपालिका–४ खैराटोलमा बाटो विस्तारको क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले एक राउण्ड हवाइ फायर गरेको हो ।
बाटो विस्तारका क्रममा केही स्थानीयले विरोध जनाउँदै ढुङ्गा मुढा गरेपछि अवस्था शान्त बनाउन प्रहरीले फायर गरेको हो ।
झडपका क्रममा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दिवाकर गणेश र अन्य तीन जना सर्वसाधारण घाइते भएका छन् । उनीहरुको नजिकैको अस्पतालमा उपभार भइरहेको प्रहरीले जनाएको छ । अहिले अवस्था सामान्य भइसकेको प्रहरीले जनाएको छ ।