Ad Image

सांसद सापकोटाले भने–निरकुंश शैलीमा संसद् चलाउनु सुहाउँदो र उपयुक्त तरिका भएन

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/samsad5.PNG

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले निरकुंश शैलीमा बलजफ्ती संसद् चलाउने सुहाउँदो र उपयुक्त तरिका नभएको बताएका छन् ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै सांसद सापकोटाले संसदको गरिमा विपरीत भएका गतिविधिप्रति दुख व्यक्त गरेका हुन् । उनले भने, ‘निरकुंश शैलीमा बलजफ्ती संसद् चलाउने यो सुहाउँदो र उपयुक्त तरिका भएन । यसले लोकतन्त्रलाई गिज्याइरहेको छ । हाम्रो संसद्को ओज र गरिमालाई बढाएन भनेर म दुस्ख व्यक्त गर्न चाहन्छु ।’

उनले आर्थिक वर्ष २०८२/०८३ को बजेट १६औं योजनाको उद्देश्य र सोचसँग तालमेल नमिलेको समेत बताए । बजेटमा व्यवस्था गरिएको टेक एण्ड पे गम्भीर प्रकारको कमजोरी भएकोले मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण मेरुदण्ड मानिएको उर्जाक्षेत्र ध्वस्त हुने सांसद सापकोटाको भनाइ छ । टेक एण्ड पे को प्रस्तावबाट सरकार पछाडि हटेर उर्जा क्षेत्रको वातावरण सङ्लो बनाउन मिहिनेत गर्नुपर्ने समेत उनले बताए ।