Ad Image

एमालेका नगरसभा सदस्यले बहिष्कार गर्दा रोकियो पनौती नगरपालिकाको नगरसभा

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/panauti.PNG

काभ्रेपलाञ्चोक । नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरूले बहिष्कार गरेपछि पनौती नगरपालिकाको नगरसभा रोकिएको छ । नगरसभा बैठक बहिष्कार गर्दै एमालेबाट निर्वाचित उपप्रमुख गिता बञ्जारा, ७ जना वडाध्यक्ष र नगरसभा सदस्यहरू उपस्थित नहुँदा गणपूरक संख्या नपुगेर नगरसभा स्थगित भएको हो । 

नगर प्रमुख रामशरण भण्डारीले बुधवार ११ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका छन् ।

कार्यपालिकामा भएको सहमतिभन्दा विपरीत ४ करोडभन्दा बढी बजेट थप भएर आएकाले बैठकमा सहभागी नभएको उपप्रमुख बञ्जाराले बताइन् । ६२ सदस्यीय नगरसभामा एमालेबाट निर्वाचित सदस्यहरुको बहुमत छ । एमालेका सदस्यहरु बैठकमा उपस्थित नहुँदा गणपुरक संख्या नपुगेपछि बैठक अगाडि बढ्न नसकेको प्रमुख भण्डारीले बताए ।