परराष्ट्रमन्त्री राणा दुई साता लामो युरोप भ्रमणमा जाँदै


काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको सम्मेलनमा सहभागी हुन इटली प्रस्थान गर्दैछिन् ।
मन्त्रीपरिषद्बाट स्वीकृत उक्त भ्रमण असार १३ देखि २९ गतेसम्म हुनेछ । मन्त्री राणाले रोममा आयोजना हुने सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नेछिन् ।
भ्रमणमा परराष्ट्र र कृषि मन्त्रालयका अधिकारीहरू पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनपछि उनले इटली र जर्मनीमा आयोजना हुने लगानी प्रवद्र्धनसम्बन्धी कार्यक्रममा भाग लिनेछिन् ।