Ad Image

आजपाले ज*लायो संघीय निजामती सेवा विधेयक

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ajapa.jfif

काठमाडौं । आम जनता पार्टी (आजपा)ले ‘संघीय निजामती सेवा विधेयक, २०८२’ को प्रतिलिपि जलाएको छ । यो विधेयक श्रेणी विहीन, गरिब, निमुखाको पक्षमा नरहेको भन्दै आजपाले विरोध जनाएको छ । 

आज (सोमबार) आजपाले काठमाडौं उपत्यकासहित देशका मुख्य शहरहरुमा विधेयकको प्रतिलिपि जलाएर विरोध जनाएका छन् । काठमाडौंको भृकुटीमण्डप, थापाथली, जनकपुरधाम, गरुडा, मलंगवा, कलैया, वीरगञ्ज, पोखरा, नेपालगञ्ज लगायत विभिन्न निजामती विधेयकको प्रतिलिपि जलाइएको आजपा संगठन विभाग प्रमुख त्रिभुवन साहले जानकारी दिए ।  

श्रेणीविहीन कर्मचारीको हकअधिकारको बारेमा केहीपनि उल्लेख नहुने निजामती विधेयक आफूहरुलाई स्वीकार्य नभएको उनले बताए ।  निजामती विधेयक आइतबार प्रतिनिधिसभाबाट पारित भएको थियो । बैठकमा आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले निजामती विधेयक ‘गरिबमारा’ भएको टिप्पणी गर्दै विधेयक च्यातेका थिए ।  

 सो क्रममा उनले यो विधेयक पारित भए मुलुकमा आगो बल्ने चेतावनी समेत दिएका थिए ।  निजामती विधेयक आजपा अध्यक्ष साहले अस्वीकार गरेपछि आजपा नेता कार्यकर्ताले त्यसलाई जलाउन सुरु गरेका हुन् ।