Ad Image

निजामती विधेयकमा षड्यन्त्र भएको प्रचण्डको आरोप

User Image मेयरसाप डेस्क | १० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/IMG-20250701-WA0043.jpg

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको आरोप लगाएका छन् ।

वाइसिएलको केन्द्रीय बैठकमा बोल्दै उनले विधेयकमा गरिएको चलखेल र छेडखानीप्रति आपत्ति जनाउँदै छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताए ।

उनले संविधान र जनताको त्यागबाट प्राप्त उपलब्धि उल्ट्याउने प्रयास भइरहेको भन्दै सावधानी अपनाउनुपर्ने बताए । दाहालले वाइसिएललाई पार्टीको विचार, विधान र निर्णयप्रति प्रतिबद्ध भएर संगठन निर्माणमा लाग्न आग्रह गरे ।

अध्यक्ष प्रचण्डले वर्षायामपछि मध्यपहाडी लोकमार्गको अभियान पूरा गरी संगठन निर्माणको नयाँ चरण थालिने जानकारी पनि दिए ।