Ad Image

तुलसीपुरमा ४ करोड लागतमा दुई वटा पक्की पुल निर्माण

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pul pakkai.PNG

दाङ । तुलसीपुर उपमहानगरपालिका–१ भएर बग्ने भमके खोला र शान्तिनगर गाउँपालिका–३ को बौलाह खोलामा पुल निर्माण गरिएको छ । रु चार करोड २५ लाख २७ हजारको लागतमा दुई वटा  पुल निर्माण गरिएको हो। 

शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतका अनुसार निर्माण कम्पनीले स्थानीय सरकारलाई हस्तान्तरण गरेसँगै दुवै पुल सञ्चालनमा आएका छन् । 

शान्तिनगर गाउँपालिका–३ बाट बग्ने पातेटाकुरा खोलामा निर्माणाधीन पुलको काम यथाशीघ्र पूरा गर्न निर्माण कम्पनीलाई अनुरोध गर्दै पालिकाले निरन्तर अनुगमन गरिरहेको छ ।