तालिबानलाई मान्यता दिने पहिलो देश बन्यो रुस


काबुल । तालिबान नेतृत्वको अफगानिस्तान सरकारलाई आधिकारिक रूपमा मान्यता दिने पहिलो देशको रूपमा रुस अगाडि आएको छ ।
अफगान विदेशमन्त्री अमिर खान मुत्ताकीले काबुलस्थित रुसी राजदूतसँगको भेटपछि रुसको निर्णयलाई “साहसी र ऐतिहासिक कदम“ भन्दै स्वागत गरे ।
रुसी विदेश मन्त्रालयले यस कदमले “द्विपक्षीय सहयोग र आर्थिक विकास“ प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरेको छ । ऊर्जा, पूर्वाधार र सुरक्षा क्षेत्रमा सहकार्य गर्ने योजना पनि जनाएको छ ।
रुसले यसअघि नै तालिबानका प्रतिनिधिलाई ‘आतङ्कवादी सूची’ बाट हटाएको र काबुलमा व्यापार कार्यालय स्थापना गरिसकेको थियो ।
तर, महिला शिक्षामा प्रतिबन्ध र मानव अधिकार हननका कारण पश्चिमी राष्ट्रहरूले तालिबानलाई अझै मान्यता दिएका छैनन् ।
अफगान महिला नेतृहरू र अधिकारकर्मीहरूले रुसको निर्णयको आलोचना गर्दै यसले “अमानवीय शासनलाई वैधानिकता“ दिन्छ भनेका छन् ।