Ad Image

नेपालले जित्यो एसिसी मेन्स यू–१६ इस्ट जोन कप

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/cricket 16.PNG

काठमाडौं । नेपालले एसिसी यु–१६ इस्ट जोन कपको उपाधि जितेको छ ।‌ सिंगापुरलाई २ विकेटले हराउँदै नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो।

मलेसियाको युकेएम वाइएसडी ओभलमा पहिले बलिङ गरेको नेपालले सिंगापुरलाई ४०.५ ओभरमा अल आउट गर्दै ११३ रनमा समेटेको थियो। उक्त लक्ष्यलाई नेपालले २९ ओभरमै भेटाएर उपाधि जितेको हो।

नेपालले ८ विकेटको क्षतिमा ११७ रन बनाएको थियो। नेपालले सिंगापुरलाई दुई विकेटले पराजित गरेको हो।नेपालका लागि जोय थापाले नटआउट २४, शिवान्स बजगाईंले २०, शुभम खनालले १८, प्रशिद्ध जैसीले १७, परिमार्जन यादवले १३ र अभय यादवले १० रन बनाए। नेपालका लागि अभय यादव र सुशीलबहादुर रावलले तीनरतीन विकेट लिएका थिए। शुभम खनालले २ र विपिन प्रसाद शर्माले एक विकेट लिए।