Ad Image

चितवनको शरदपुरमा सेफ्टी ट्यांकीमा खसेर महिलाको मृ*त्यु

User Image मेयरसाप डेस्क | १० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/death.jfif

चितवन । सेफ्टी ट्यांकीमा खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका– ९ शरदपुरकी ६४ वर्षीया राधिका विक रहेको प्रहरीले जनाएको छ ।

घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्यांकीमा शनिबार खसेर घाइते उनको उपचार क्रममा शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सेफ्टी ट्यांकीमा खसेर घाइते विकको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।