एलन मस्कद्वारा ‘अमेरिका पार्टी’ गठनको घोषणा, दुई दलीय प्रणालीलाई चुनौती

काठमाडौं । अमेरिकी अर्बपति तथा पूर्व राष्ट्रपति ट्रम्पका पूर्वसल्लाहकार एलन मस्कले नयाँ राजनीतिक दल ’अमेरिका पार्टी’ स्थापना गर्ने घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत उनले दुईदलीय प्रणाली रिपब्लिकन र डेमोक्रेटिक पार्टीलाई चुनौति दिने बताएका हुन् ।
मस्कले पार्टीको स्वरूप वा नेतृत्वबारे विस्तृत विवरण भने दिएका छैनन् । अमेरिकाको स्वतन्त्रता दिवसका अवसरमा एक्समा राखिएको एक पोलमा ६५.४% प्रयोगकर्ताले नयाँ पार्टीको समर्थन गरेपछि मस्कले दल घोषणा गरेका हुन् ।
ट्रम्प निकट रहेका मस्कले सन् २०२४ को निर्वाचनमा ट्रम्पलाई २५ करोड डलर चन्दा दिएका थिए । तर, पछि आन्तरिक मतभेदका कारण सरकारी जिम्मेवारी त्यागेका मस्कले ‘अमेरिका पार्टी’ मार्फत अमेरिकी राजनीति नयाँ दिशातर्फ लैजाने दाबी गरेका छन् ।