Ad Image

‘त्रिभुवन विमानस्थल साँघुरो, क्षमता भन्दा दोब्बर यात्रु’

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/tribhuwan International airport1692101200.jpg

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) क्षेत्र साँघुरो भएकाले यात्रुहरूले लगेज पर्खनु परेको अनुभव गर्ने गरेको बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले अन्य देशको विमानस्थलमा जहाजबाट टर्मिनल पुग्नै समय लाग्ने भए पनि टीआईए सानो भएकाले यात्रु तुरुन्तै टर्मिनलमा आइपुग्ने र त्यसले प्रतीक्षा समय लामो भएको जस्तो महसुस हुने बताए ।

उनका अनुसार विमानस्थलको संरचना ४५ लाख यात्रुको आवागमन सम्हाल्ने हिसाबले बनेको हो, तर चालु वर्षमै झण्डै ९५ लाख यात्रुले ओहोरदोहोर गरिसकेका छन् ।

मन्त्री पाण्डेले चीनको मानसरोवर यात्राका लागि भेरिफिकेसन सम्बन्धी चिनियाँ दूतावासले पूर्वसूचना नदिई ल्याएको नयाँ प्रक्रियाले थप समस्या सिर्जना गरेको जानकारी पनि दिए ।