Ad Image

बजेट विवादमा मधेश प्रदेशसभा बैठक अवरुद्ध

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/madhesh pradesh sava.jpg

जनकपुरधाम । मधेश प्रदेशसभाको बैठक विपक्षी दलहरूले बजेट पुनर्लेखनको माग गर्दै अवरुद्ध गरेका छन् । 

करिब १० दिनपछि बसेको बैठकको सुरुमै नेकपा एकीकृत समाजवादीका सांसद कनिष पटेलले बजेटमा बिचौलियाको प्रभाव र असमान वितरणको आरोप लगाउँदै पुनर्लेखनको माग गरे ।

नेकपा माओवादी केन्द्रका उपनेता युवराज भट्टराईले समेत बजेट सिमित क्षेत्रमा केन्द्रित भएको, खुद्रे योजना बढाइएको र सत्ता पक्षकै नेताहरूबाटै असमानताको कुरा उठेको भन्दै समर्थन जनाए ।

जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले बजेटमा मुख्यमन्त्रीका पिताको नाममा समेत रकम विनियोजन गरिएको आरोप लगाउँदै ‘विचौलिया हाबी नभएसम्म र बजेट समान नभएसम्म’ पारित हुन नदिने चेतावनी दिए ।

विवाद बढेपछि सभामुख रामचन्द्र मण्डलले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।