विदेश भ्रमणबारे जानकारी दिन प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । आफ्नो स्पेन भ्रमण लगायतका विषयमा जानकारी दिन प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्न लागेका हुन् ।
६ दिन लामो स्पेनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली शुक्रवार स्वदेश फर्किएका थिए । एक साता लामो स्पेन बसाइको क्रममा प्रधानमन्त्री ओलीले स्पेनका समकक्षीसहित संयुक्त राष्ट्रसंघका महासचिव लगायतसँग भेटवार्ता पनि गरेका थिए । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्नेछ ।