Ad Image

रसुवामा बाढीले नेपाल–चीन मितेरी पुल बगायो, ठूलो धनजनको क्षति भएको आशंका

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Bhotekosi-badi.jpg

काठमाडौं । भोटेकोशी नदिमा एक्कासी ठूलो बाढी आउँदा रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठूलो क्षति भएको छ। अहिलेसम्म बाढीले गरेको क्षतिको यकिन विवरण नआएपनि नेपाल र चीनको सीमा नाकामा रहेको मितेरी पुल भने पुरै बगाएको प्रहरीले जनाएको छ ।  

मितेरी पुल बगाएसँगै नेपालको चीनसँगको सम्पर्क विच्छेद भएको छ । भन्सारको यार्डमा जाँचपासका लागि राखेका सबै इभी बगाएको छ भने जलविद्युत आयोजनाका सामानहरू पनि बगाएको छ । बाढीले मानिसहरुसमेत बगाएको आशंका गरिएको छ।

कतिपय मानिस अझै पनि नदि क्षेत्रमा फसेका प्रहरीले जनाएको छ। उद्धारका लागि प्रहरीको टोली गएपनि पानीको सतह नघटेका कारण अहिले त्यहाँ पुग्न सकेको छैन ।  अहिले नेपाली सेनासँग समन्वय गरेर हेलिमार्फत उद्धारका लागि छलफल भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।