Ad Image

रसुवा बाढीः उद्धारमा खटिएका ३ प्रहरी र ६ चिनियाँसहित १८ जना बेपत्ता

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rasuwa=badhi2.jpg

काठमाडौं ।  मंगलबार बिहान भोटेकोसी नदीमा आएको बाढीपछि १८ जना सम्पर्कविहीन भएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाले जारी गरेको सूचना अनुसार  ३ प्रहरी, १२ नेपाली नागरिक र ६ चिनियाँ नागरिक बेपत्ता भएका छन् । 

रसुवा प्रहरीका अनुसार चीन क्षेत्रमा परेको भीषण वर्षाका कारण रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ रसुवागढीमा मंगलबार बिहान ३ बजेतिर बाढी आएको हो । बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएकाले मंगलबार बिहान ४ बजेदेखि आवतजावत बन्द भएको छ।