डिशहोमले नेपालको पहिलो ‘भर्चुअल ग्राहक प्रिभिलेज’ कार्ड सार्वजनिक गर्दै


काठमाडौं । डिशहोमले “माइ डिशहोम एप” मार्फत ग्राहक भर्चुअल प्रिभिलेज कार्ड नामक विशेष सेवा उपलब्ध गराउने भएको छ । नेपालकै इन्टरनेट र टिभी क्षेत्रमा पहिलो पटक डिशहोमले पूरै भर्चुअल कार्डको सुविधा ल्याउन लागेको हो ।
यो डिशहोमको सक्रिय सदस्यता भएका ग्राहकहरूको माइ डिशहोम एपमा स्वचालित रूपमा देखिने छ । यस कार्डमार्फत ग्राहकहरूले २५ प्रतिशतसम्म छुट पाउन सक्ने डिशहोमले जनाएको छ ।
ग्राहकलाई सुविधा थप गर्दै आर्थिक छुट प्रदान गर्नका लागि डिशहोमले होटल, क्याफे, रेस्टुरेन्ट, अस्पताल, शैक्षिक संस्था, स्किनकेयर तथा वेलनेस सेन्टर, फिटनेस क्लब, मोबाईल एक्सेसोरिज, इलेक्ट्रोनिक्स आउटलेट, होम अप्लायन्सेस, सपिङ मल, अटोमोबाइल शोरूम लगायतका विविध क्षेत्रमा सहकार्य गर्ने भएको छ ।
“डिशहोमले उत्कृष्ट डिजिटल मनोरञ्जन र इन्टरनेट सेवा मात्र होइन, ग्राहकको दैनिक जीवनशैलीमा पनि अर्थपूर्ण योगदान दिन चाहन्छ,” डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले भने, “यो भर्चुअल प्रिभिलेज कार्डमार्फत हामी आफ्ना ग्राहकहरूलाई थप लाभ दिने डिजिटल जीवनशैली ईकोसिस्टम तयार गर्दैछौं ।”