Ad Image

रसुवागढी बाढीको स्थलगत निरीक्षण गर्न जाँदै अर्थमन्त्री पौडेल

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bishnu-paudel.jpeg

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल रसुवागढीमा बाढीका कारण पुगेको क्षतिको स्थलगत निरीक्षण गर्न जाने भएका छन् । अर्थमन्त्री पौडेल अर्थसचिव घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक महेश भट्टराईसहित रसुवा जान लागेका हुन् ।

रसुवाको गोसाइकुण्ड गाउँपालिका– २ रसुवागढीमा आज बिहान भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाले दिएको जानकारी अनुसार भोटेकोसी नदीमा आएको बाढीमा परी अहिलेसम्म ३ जना प्रहरी, ६ जना चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन् भने ९ जनाको उद्धार गरिएको छ ।

यसैगरी नेपाल चीन जोड्ने मितेरी पुल पनि बाढीले बगाएको छ । पुल बगाएपछि चीनसँगको सम्पर्क टुटेको छ ।