रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेका ५० जनाको उद्धार


रसुवा । सोमवार राति रसुवामा आएको बाढीमा फसेका ५० जनाको उद्धार गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलवार दिउँसो १ बजेसम्ममा बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेका ५० जनाको उद्धार गरेको हो ।
प्रहरीका अनुसार उद्धार गरिएका व्यक्तिहरूमा ४ महिला र ४६ पुरुष रहेका छन्। उद्धार हुनेमा १ जना चिनियाँ नागरिक समेत छन् ।
बाढीले थप क्षति पुर्याउने सम्भावनाका कारण उद्धार कार्यमा सतर्कता अपनाइएको छ । सम्पर्कविहीनहरूको खोजी कार्य जारी रहेको सुरक्षा निकायले जनाएको छ।