Ad Image

कांग्रेसमा संस्थापनइतरका अधिकांश नेतामाथि अनुशासनको कार्बाही, शेखरले बोलाए बैठक

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/congress.jpg

काठमाडौं । नेपाली कांग्रेसले डेढ दर्जन नेतामाथि अनुशासनको कारबाही गरेको छ । कारबाहीमा पर्नेहरूमा प्रदेशका पूर्वमन्त्री, प्रदेश महामन्त्री, जिल्लाका वर्तमान र पूर्व सभापति, महासमिति सदस्य लगायत १८ जना छन् ।

केन्द्रीय अनुशासन समितिको बैठकले २०७९ स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरेको आरोपमा कारबाही गरेको हो । अनुशासन समितिमा ५० जिल्लाबाट २१ सय उजुरी परेको थियो ।

उजुरी उपर स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ नआएकाले पार्टीबाट निष्कासन गरिएको समितिले जनाएको छ । आनन्दप्रसाद ढुंगानाको संयोजकत्व रहेको अनुशासन समितिमा बहुमत पक्ष सभापति शेरबहादुर देउवा पक्षका छन् ।  

यसैबीच पार्टी अनुशासन समितिले कारबाही गरेका नेताहरूमा अधिकांश आफ्ना पक्षका परेपछि नेता डा शेखर कोइराला रुष्ट भएका छन् । उनले बिहीबार बिहान ८ बजेका लागि बैठक बोलाएका छन् ।  बैठक उनकै सम्पर्क कार्यालय विशालनगरमा बस्ने उनीनिकट एक नेताले बताए । 

कार्बाहीमा को को परे हेर्नुहोस्