टिनको छानो हाल्न विद्यालयलाई सहयोग

.jpg)
तनहुँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तनहुँको म्याग्दे गाउँपालिका–४, थर्पुस्थित मीन माध्यमिक विद्यालयलाई टिनको छानो हाल्नका लागि सहयोग गरेको छ ।
गत जेठमा आएको हुरीले विद्यालय भवनको छानो उडाएपछि पठनपाठन प्रभावित भएको थियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले एक लाख रुपैयाँ खर्च गरी विद्यालयको १२ कोठे भवनमा ट्रस राखेर नयाँ टिनको छानो हालेको हो ।
विद्यालयका प्रधानाध्यापक राजेन्द्र भण्डारीका अनुसार, यसअघि ढुङ्गाको छानो रहेकोमा दुर्घटनाको जोखिम कम गर्न टिनको छानो प्रयोग गरिएको छ ।