Ad Image

पार्टीकाे हितविपरीत काम गर्ने नेता-कार्यकर्तालाई कांग्रेसले गरायो सचेत

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/congrss.JPG

काठमाडौं । नेपाली कांग्रेसले पार्टी हितविपरीत काम गरेको भन्दै २६ जना नेता तथा कार्यकर्तालाई सचेत गराएको छ ।

कांग्रेस अनुशासन समितिले बिहीबार विज्ञप्ति जारी गर्दै कैलालीमा २, डोल्पामा १०, सल्यानमा ११, दैलेखमा १, खोटाङमा १ र धनुषामा १ जना गरी कुल २६ जनालाई सचेत गराउने निर्णय भएको जानकारी दिएको हो ।

२०७९ सालमा सम्पन्न तीनै तहको निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका वा तिनीहरूका प्रस्तावक र समर्थक स्वतः निष्कासनमा परेका थिए । तर, उनीहरूले तोकिएको प्रक्रिया पुर्याएर कारबाही फुकुवाका लागि पुनरावेदन दिएको ढुंगानाले जानकारी दिए । 

यसरी कारबाही फुकुवाका लागि निवेदन दिनेको संख्या कुल ८८ जना पुगेको छ। कोशी प्रदेशबाट १७, मधेसबाट २३, बागमतीबाट ४, गण्डकीबाट ३, लुम्बिनीबाट ३६, कर्णालीबाट ४ र सुदूरपश्चिमबाट १ जनाको निवेदन प्राप्त भएको छ । यी निवेदनहरू आवश्यक निर्णयका लागि केन्द्रीय कार्यसमितिको बैठकमा पेस भएको ढुंगानाले बताए ।