काठमाडौं गुर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि काठमाडौं गुखार्जले मोन्टी देसाईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।बिहीबार साँझ काठमाडौंले मुख्य प्रशिक्षकको रुपमा भारतीय प्रशिक्षक देसाईलाई नियुक्त गरेको घोषणा गरेको हो ।
देसाई नेपालको राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक समेत हुन् । उनले सन् २०२३ देखि २०२५ सम्म नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षकको रुपमा काम गरेका थिए ।
करण केसी काठमाडौंका मार्की प्लेयर हुन् । टोलीमा केसीसँगै रसिद खान, प्रतिक श्रेष्ठ, दिपेश कँडेल, भीम सार्की र सहाव आलमलाई रिटेन गरेको छ। बाँकी खेलाडी अक्सनबाट छानिने छन्।