Ad Image

४० किलो गाँजासहित कोटेश्वरबाट ५ जना पक्राउ

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/arrested_g8ZbKF0tpq_ZBzFzAwymg.jpg

काठमाडौं । नेपाल प्रहरीले ४० किलोग्राम लागूऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा धादिङ गजुरी–४ का निराजन चेपाङ, प्रकाश चेपाङ र शङ्कर चेपाङ,  काठमाडौं महाराजगञ्जका जीवन प्रजा र सुमन चेपाङ रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले रु एक लाख २५ हजार नगदसमेत बरामद गरेको छ । उनीहरूले काठमाडौं कोटेश्वरस्थित सुननम चेपाङको डेरामा लुकाइछिपाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा राखेको र बिक्री वितरण गरेको प्रहरीको भनाइ छ ।