Ad Image

जबजले राष्ट्रलाई समृद्ध र नागरिकलाई सुखी बनाउने लक्ष्य अघि बढाएको छ: पूर्वराष्ट्रपति भण्डारी

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bidhya bhandari 1.PNG

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) केवल राजनीतिक सिद्धान्त मात्रै नभएको बताएकी छिन् ।

शनिवार मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको जर्नल विमोचन तथा विमर्श कार्यक्रममा सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले जबज केवल एउटा राजनीतिक सिद्धान्त मात्रै नभएर लोकहित, मानव कल्याण र सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने दार्शनिक चिन्तन भएको बताएकी हुन् । 

उनले एमालेले पनि समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्ने गरी काम गरिरहेको बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘जबज केवल एउटा राजनीतिक सिद्धान्त मात्रै होइन । यो लोकहित, मानव कल्याण र सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने दार्शनिक चिन्तन पनि हो । हामीलाई थाहा छ, हाम्रो संस्कृतिमा रहेको वैदिक मन्त्र सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामयाले सबै मान्छे सुखी र निरोगी हुन्, सबैले शुभ देखुन् र कसैलाई दुख नहोस् भनी यथार्थ भावना प्रकट गरेको छ । जबजको मूल भावना पनि यही हो ।’

उनले वर्गीय शोषणलाई अन्त्य गरेर सबै नागरिकलाई स्वास्थ्य, शिक्षा र रोजगारीको सुनिश्चितता गर्नु आजको आवश्यकता रहेको बताइन् ।