Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

भानुभक्तको जन्मथलो चुँदी रम्घालाई ‘सप्तधाम’का रूपमा विकास गरिने

No Author Assigned | २०८२ असार २६ गते ११:०९
Image of https://mayorsap.com/storage/photos/10/Bhanu janmasthal photo.jpg

तनहुँ । आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई ’सप्तधाम’का रूपमा विकास गर्न पहल सुरु गरिएको छ । भानु नगरपालिका–४ चुँदी रम्घास्थित आचार्यको जन्मथलोलाई साहित्यिक पर्यटनको केन्द्र बनाउने उद्देश्यले सप्तधाम निर्माणको प्रक्रिया अगाडि बढाइएको हो ।

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीका अनुसार, ’भानु जन्मस्थल जाऊँः भानुलाई चिनाऔँ’ भन्ने नाराका साथ यस क्षेत्रको विकास गरिनेछ । प्रारम्भिक गुरुयोजना अन्तर्गत आदिकवि भानुभक्तको विशाल प्रतिमा, सप्तधाम निर्माण, जग्गा अधिग्रहण, साहित्यिक उद्यान र अन्य पूर्वाधारका लागि सङ्घीय सरकारबाट विनियोजित बजेटका साथै दातृ निकाय तथा देशविदेशबाट समन्वय गरिनेछ ।

त्रिपाठीले चुँदी रम्घालाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउने लक्ष्य रहेको बताए । साहित्यिक उद्यानमा भानुभक्तको विशाल सालिक, रामायण मन्दिर, मूर्ति वाटिका, भानुभक्तकालीन नमूना बस्ती, भानु साहित्य ग्राम, भानु प्रज्ञा भवन, भानु वनस्पति उद्यान, सप्तधाम, मनोरञ्जन वनभोजस्थल, प्राकृतिक वन विचरण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र र साहित्यिक पदमार्ग प्रस्तावित गरिएको छ ।

नगरपालिकाले नेपाली भाषा, साहित्य, संस्कृति, पर्यटन, कला र राष्ट्रिय सम्पदाहरूको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले यो परियोजना अगाडि बढाएको हो । यसका साथै होमस्टे सर्किटको विकास, मौलिक कला, संस्कृति झल्किने खाना, पहिरन तथा रोधी, घाँटु, लाखेनाच, चुट्का, झाम्रे लगायतका पहिचान संरक्षण र प्रवद्र्धनमा पनि जोड दिइने त्रिपाठीले बताए ।


Facebook Comments