नेकपा बहुमत निकट अखिल क्रान्तिकारीको आन्दोलनमा प्रहरीको हस्तक्षेत्र

काठमाडौं । नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । नि:शुल्क, समान र वैज्ञानिक शिक्षा सहित जनपक्षीय शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले अखिल क्रान्तिकारीले आज माइतीघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेत्र गरेको हो ।
प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिन सुरु गरेपछि प्रहरी र विद्यार्थीबीच घम्साघम्सी भएको छ ।
माइतीघरदेखि नयाँबानेश्वरसम्म पुग्ने योजना अनुसार प्रदर्शनमा उत्रिएको अखिल क्रान्तिकारीका विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा हाल्न थालेको थियो । प्रदर्शनलाई हस्तक्षेप गर्दै प्रहरीले विद्यार्थीलाई नियन्त्रणमा लिएको विरोधमा अखिल क्रान्तिकारीका अन्य विद्यार्थी भने प्रहरी प्रशासन विरुद्ध नारा लगाउन थालेका छन् ।