अमेरिकामा कार दुर्घटनाः २ नेपाली विद्यार्थीको मृ*त्यु


काठमाडौं । अमेरिकामा २ जना नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु भएको छ । अमेरिकाको लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थी २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो ।
यो दुर्घटना शनिबार राति (जुलाई १३) भएको समाचारमा उल्लेख छ । उनीहरुको नेपालको ठेगाना खुलेको छैन । दुर्घट्नामा अन्य २ जना घाइते भएको बताइएको छ ।