सहसचिव पोखरेललाई दिइयो बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी


काठमाडौं। शरद ओझा निलम्बनमा परेसँगै बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव सेवन्तक पोखरेललाई दिइएको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले ओझामाथि छानबिन गर्न उच्चस्तरीय समिति बनाएको छ ।
समिति बनाएसँगै ओझा स्वतः निलम्बनमा परेपछि अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको अध्यक्षको जिम्मेवारी पोखरेललाई दिइएको हो ।
प्राधिकरणका अध्यक्ष रिक्त हुँदा तत्कालको लागि अर्थ मन्त्रीले निर्णय गरी पठाउने यसअघिको व्यवस्थालाई निरन्तरता दिँदै पोखरेललाई जिम्मेवारी दिएर पठाइएको अर्थ मन्त्रालयले जनाएको छ ।