Ad Image

राष्ट्रिय एकता अभियानका संयोजक गौतम नेकपा (एकीकृत समाजवादी) मा समाहित

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bamdev gautam-madhav nepal.jpg

काठमाडौँ । नेकपा राष्ट्रिय एकता अभियान संयोजक वामदेव गौतम नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा समाहित भएका छन् । 

राष्ट्रियसभामा आज आयोजित एकतासभामा अभियानका संयोजक गौतमसहित सम्पूर्ण कमिटी समाहित भएको हो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले गौतमलाई पार्टीमा स्वागत गरे। 

विसं २०७७ मा तत्कालीन नेकपा एमालेबाट अलग भएका दुवै पार्टीले छुट्टाछुट्टै राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका थिए । लामो समयदेखि दुवै पार्टीका नेताबीच पार्टी एकीकरणका लागि औपचारिक तथा अनौपचारिक छलफल भएको थियो ।