Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

बैंकिङ कसुर मुद्दाका फरार ५० वर्षीया तेजुमाया गुरुङ पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ असार ३१ गते २१:५७
Image of https://mayorsap.com/storage/photos/10/arrested_g8ZbKF0tpq_ZBzFzAwymg.jpg

काठमाडौँ । प्रहरीले बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई आज पक्राउ गरी सार्वजनिक गरेको छ ।

इलाम सन्दकपुर गाउँपालिका–२ माईमाजुवा घर भई हाल काठमाडौँ महानगरपालिका–४ सुकेधार बस्ने ५० वर्षीया तेजुमाया गुरुङलाई पक्राउ गरी सार्वजनिक गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले भने, “ज्योति श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी निज तेजुमाया गुरुङ भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट विसं २०७९ साउन १७ गतेको फैसला बमोजिम रु तीन लाख ५० हजार जरिवाना, तीन दिन कैद र क्षतिपूर्तिवापत शुल्क रु १६ हजार पीडित राहत कोषमा बुझाउनुपर्ने ठहर भई फरार रहेकोमा निजलाई आज पक्राउ गरिएको हो ।”

पक्राउ परेकी निज गुरुङलाई फैसला कार्यान्वयनका लागि काठमाडाँै जिल्ला अदालत बबरमहल पठाइएको प्रहरीले जनाएको छ ।


Facebook Comments