Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

टेको हटाउने क्रममा ‘ब्याक’ हुँदा गाडीले किचेर एक जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ साउन २ गते ०९:४०
Image of https://mayorsap.com/storage/photos/10/death.jfif

दाङ ।  देउखुरीमा गाडीले किचेर एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राजेशकुमार बानियाँको आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । 

आफ्नै घर अगाडि रोकिराखिएको लु३च ४८१४ नम्बरको पिकअप बोलेरोको टायरमा राखिएको टेको हटाउने क्रममा गाडी ‘ब्याक’ हुँदै आफैँ गुड्न थालेपछि गाडीले किच्दा बानियाँ गम्भीर घाइते भएका थिए । 

तत्काल लमही अस्पताल पुर्याए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


Facebook Comments