Ad Image

धरहरालाई गुगलमा ‘सेतो टावर’ देखाएपछि...

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sto tower dharahara.JPG

काठमाडौं । सुन्धारास्थित ऐतिहासिक धरहरालाई गुगल म्यापमा ‘सेतो टावर’ नाममा देखाइएको छ । गुगल म्यापमा सर्च गर्दा ‘सेतो टावर’ नाम देखिएपछि यो विषय चर्चामा आएको हो ।

सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका कामु निर्देशक रोशन श्रेष्ठले भने यस विषयमा सरकारलाई जानकारी नभएको बताएका छन् । उनले ‘कसैले राखेको होला, हामीलाई जानकारी छैन’ भन्दै अनभिज्ञता प्रकट गरे ।

भूकम्पपछि पुनर्निर्माण भएको धरहरालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो चुनावी अभियानमा ‘सेतो टावर’ भनेपछि यो शब्द चर्चामा आएको थियो । 

बालेनले पुरानो धरहरा भत्किएको र नयाँ बनेको संरचनालाई ‘सेतो टावर’ भनेका थिए । गुगलले म्याप इडिट गर्न र नयाँ नाम राख्न सबैलाई पहुँच दिने गरेकाले धरहराको नाम परिवर्तन भएको हुनसक्ने अनुमान गरिएको छ ।