Ad Image

मिडियालाई सरकारअन्तर्गत नभई संसद्अन्तर्गत राख्नुपर्छ : विद्या भट्टराई

User Image मेयरसाप डेस्क | २३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Bidhya-Bhattarai.jpg

काठमाडौं । नेकपा एमालेकी सांसद विद्या भट्टराईले मिडिया क्षेत्रलाई सरकारअन्तर्गत नभई संसद्अन्तर्गत राख्नुपर्ने धारणा व्यक्त गरेकी छन् ।

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद भट्टराईले मिडियालाई सरकारअन्तर्गत राख्दा सरकारले आफ्नो अनुकूल हस्तक्षेप गर्न सक्ने बताएकी हुन् ।

उनले नागरिकको सूचना पाउने संवैधानिक अधिकारलाई मध्यनजर गरेर विधेयक अगाडि बढ्नुपर्नेमा जोड दिँदै सञ्चार क्षेत्र स्वतन्त्र र निष्पक्ष नभएसम्म लोकतन्त्रको व्याख्या गर्न नसकिने धारणा राखिन् ।

भट्टराईले मिडियालाई प्रोत्साहित गर्नुपर्ने र नियमनको नाममा उनीहरूको भावनामाथि खेल्नु नहुने बताइन् । उनले नेपाल पत्रकार महासङ्घलाई पनि मिडिया काउन्सिल विधेयकमा जोड्नुपर्ने र त्यसलाई पत्रकारको हकहितका लागि काम गर्ने संस्थाका रूपमा विकास गर्नुपर्ने सुझाव दिइन् ।