Ad Image

सिरहा कारागारमा कैदीबन्दीबीच झडपः १३ जना घाइते, अवस्था तनावग्रस्त

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/siraha-karagar-jail.jpg

जनकपुरधाम । सिरहा सदरमुकामस्थित कारागारमा कैदीबन्दीहरूबीच भएको झडपमा परी १३ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा कारागारका नाइके दिपक ठाकुर, मूलनाइके बरुण महतो, चौकीदार विजय महतो लगायतका कैदीहरू छन् । उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । झडपपछि कारागारको अवस्था तनावग्रस्त बनेको छ र ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । 

स्रोतका अनुसार, कैदीहरूले सुरक्षामा असर पुग्ने गरी इँटासहितका सामान भित्र लगेका थिए । कारागार प्रशासनले ती सामान बाहिर निकाल्न आग्रह गरेपछि कैदीबन्दीबीच विवाद बढेको थियो ।

यस कारागारमा कैदीहरूले अवैध गतिविधि गरिरहेको भन्दै स्थानीय प्रशासनले शनिबार मात्रै अनुगमन गरेको थियो । २०० जनाको क्षमता रहेको सिरहा जेलमा हाल ४५८ कैदीबन्दी छन्, जसले क्षमताभन्दा बढी कैदीबन्दी रहेको देखाउँछ ।