Ad Image

कास्की कारागारका कैदीबन्दीले गृहमन्त्रीलाई लेखेको पत्रमा के छ?

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ugaDjh,SFAv,.jpg

पोखरा । कास्की कारागारको ’क’ ब्लकमा अजय गुरुङलाई चौकीदार नियुक्त गर्ने निर्णय खारेजीको माग गर्दै कैदीबन्दीहरूले गृहमन्त्री रमेश लेखकलाई पत्र लेखेका छन् । उनीहरूले अजय गुरुङको नियुक्तिविरुद्ध आइतबार नाराबाजीसमेत गरेका थिए ।

कैदीबन्दीहरूले अजय गुरुङले आर्थिक शोषण गर्ने, कार्यशैली निरङ्कुश तथा पक्षपातपूर्ण रहेको र कैदीबन्दीको हकहित तथा सुरक्षा गर्न नसक्ने आरोप लगाएका छन् । उनीहरूको मनोभावना नबुझी ठूलो मात्रामा आर्थिक चलखेल गरी प्रजातान्त्रिक मान्यताको अवमूल्यन गरिएको र आफ्नो चौकीदार आफैं छनोट गर्न पाउने अधिकार हनन भएको पत्रमा उल्लेख छ ।

’क’ ब्लकमा रहेका ३६६ जना कैदीबन्दीमध्ये ३६२ जनाले हस्ताक्षर गरी प्रकाश गुरुङलाई चौकीदार नियुक्त गर्न माग गरेका छन् । उनीहरूले माग पूरा नभएसम्म अनिश्चितकालीन बहिष्कार, आमरण र अनसनलगायतका आन्दोलन गर्ने चेतावनी दिएका छन् । साथै, चौकीदार नियुक्तिको क्रममा भएको आर्थिक चलखेलको छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न पनि माग गरेका छन् ।

कारागार विभागले आइतबार अजय गुरुङलाई नियुक्त गरेपछि कैदीबन्दी आन्दोलित भएका हुन् । चौकीदारका लागि अजय गुरुङ, प्रकाश गुरुङ र प्रशान्त थापाको नाम सिफारिस गरिएको थियो ।

यस्तो छ पत्र...