Ad Image

भूमि विधेयकको विषयमा भूमिमन्त्री र नेपाली कांग्रेसबीच छलफल

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bhumi mantri.PNG

काठमाडौं। भूमि विधेयको विषयमा कांग्रेसले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग छलफल गरेको छ । 

मन्त्री अधिकारीलाई संसदीय दलको कार्यालय सिंहदरबारमा आमन्त्रण गरेर कांग्रेसले भूमि विधेयकबारे छलफल गरेको हो ।

छलफलमा कांग्रेस महामन्त्रीद्वय गगन थापा, गृहमन्त्री रमेश लेखक, विधेयकमा संशोधन प्रस्ताव राख्ने कांग्रेसका सांसदहरू सहभागी थिए ।  छलफलमा भूमि विधेयकमा थप छलफल आवश्यक रहेको निष्कर्ष निकालिएको छ । विधेयक संशोधनकर्ता अन्य दलका सांसदसँग पनि मन्त्रालयले छलफल गर्ने समेत निष्कर्ष निकालिएको छ । 

कांग्रेसले भूमि विधेयकमा थप छलफलको आवश्यकता रहेको भन्दै समितिमा पठाउनुपर्ने माग राख्दै आएको छ । थप छलफलको आवश्यकता रहेकाले कार्यसूचीमा नराख्न कांग्रेसको अडानका कारणले २५ असारमा प्रतिनिधि सभाको कार्यसूचीबाट हटाइएको थियो ।