मुकुन्दश्याम गिरीलाई राप्रपाले उपाध्यक्षबाट हटाएपछि सुर्खेत पार्टी कार्यालयमा लाग्यो ताला
मेयरसाप डेस्क
|
२०८२ साउन ३ गते १५:४०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सुर्खेतले राप्रपा सुर्खेतको कार्यालयमा तालाबन्दी गरेको छ ।
पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्य दुवै पदबाट पदमुक्त गरेपछि राप्रपा सुर्खेतको कार्यालयमा सोमवार तालाबन्दी गरिएको हो ।
सुर्खेत घर भएका गिरीलाई अध्यक्ष लिङ्देनले साउन २ गते उपाध्यक्ष र केन्द्रीय सदस्य पदबाट हटाएका थिए। अध्यक्ष लिङ्देनको उक्त निर्णयविरूद्ध गिरी निर्वाचन आयोग पुगेका छन्।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सुर्खेतले विज्ञप्ति जारी गर्दै उपाध्यक्ष गिरीमाथिको कार्बाहीलाई लिएर राप्रपा सुर्खेतले आधिकारिक धारणा सार्वजनिक नगरेसम्म तालाबन्दी गर्ने जनाएको छ ।

Facebook Comments