Ad Image

विद्यादेवी भण्डारीसँगको भेटबारे स्पष्ट पार्दै ओलीले भने–पूर्व राष्ट्रपति र प्रधानमन्त्री भेट्दा के ठूलो कुरा भयो ?

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/KP-Oli11.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटबारे स्पष्ट पार्दै पूर्व राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेट ठूलो कुरा नभएको बताए । पार्टीको नवौं केन्द्रीय कमिटी बैठकको सुरुवात गर्दै अध्यक्ष ओलीले पूर्व राष्ट्रपति र प्रधानमन्त्री भेट्दा अरुले ठूलो कुरा बनाएको बताएका हुन् ।

उनले पूर्वराष्ट्रपति भण्डारीलाई बालुवाटार नै बोलाएको तर, भण्डारीले नै लामो समयदेखि पार्टी कार्यालय नगएको भन्दै च्यासलमा भेट्न आग्रह गरेको जानकारी दिए ।

उनले भने, ‘विद्याजीलाई बालुवाटर नै बोलाएको थिएँ, उहाँले पार्टी कार्यालय देखेको छैन भन्नुभयो । च्यासलमा भेटियो । पूर्व राष्ट्रपति र प्रधानमन्त्री भेट्दा के ठूलो कुरा भयो र तपाईंहरूले ठूलो बनाउनुभएको छ ।’

ओलीले भण्डारीले अहिलेसम्म केही नभनेकाले अरूलाई उनको प्रवक्ता नबन्न समेत सुझाव दिएका छन् । ‘कोही उहाँको प्रवक्ता बन्नुभएको छ, त्यो किन पर्‍यो ?,’ अध्यक्ष ओलीले भने, ‘उहाँले के गर्नुहुन्छ भनिसक्नुभएको छैन ।’

अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अघिपछि लाग्दै हिंडेका नेताहरूप्रति समेत प्रश्न गरे । उनले चुनाव हारेका नेताहरू पनि भण्डारीको अघिपछि लागेर हिंडेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले पार्टीभित्र अस्वस्थ गतिविधि हुन नदिने पनि बताएका छन् । पार्टीको राजनीतिक प्रतिवेदन भन्दै मौखिक रूपमै आफ्ना भनाइ राखेका अध्यक्ष ओलीले एमालेको आन्दोलनले सधैँ हमला ब्यहोरेको बताए ।