Ad Image

२ केजी सुन र नगदसहित दुई चिनियाँ नागरिक पक्राउ

User Image मेयरसाप डेस्क | १४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pakrau.jpg

काठमाडौं । काठमाडौंको ठमेलस्थित ज्याठाबाट २ केजी सुन र २४ लाख रुपैयाँ नगदसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् ।

उनीहरूलाई सोमबार साँझ ज्याठास्थित चिनियाँ नामको एक होटलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।