ट्रकको ठक्करबाट साढे २ वर्षीया बालिकाको मृ*त्यु


काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४, नाम्गेलमा बिहीबार दिउँसो मिनी ट्रकको ठक्करबाट साढे २ वर्षीया बालिका फुर्ब लामा शेर्पाको मृत्यु भएको छ ।
नाम्गेल कोलमति मार्गस्थित भित्री सडकमा बा ३ ख ४३४५ नम्बरको मिनी ट्रकले घर अगाडि खेल्दै गरेकी बालिकालाई पौने ४ बजेतिर ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।