Ad Image

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य १३ निर्णय (सूचीसहित)

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Cabinert-Meeting-2082-4-7-1024x544.jpg

काठमाडौं । बुधबारको मन्त्रिपरिषद् बैठकले गरेका १३ वटा निर्णयहरू बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेका छन् ।

बैठकले रुकुम (पूर्वी भाग) जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिकाको वडा नम्बर ५ र ६ मा पर्ने रुकुमकोटलाई तोक्ने निर्णय गरेको छ ।

त्यस्तै, साउन १८ गते मलेसियामा हुने नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन कोशी प्रदेशका प्रमुख परशुराम खापुङलाई स्वीकृति दिइएको छ ।

जापानको ओसाकामा साउन १२ र १३ गते आयोजना हुने नेपाल दिवस कार्यक्रममा सहभागी हुन उद्योग तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेको नेतृत्वमा टोली पठाउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।