गुटको अन्त्य गरी पार्टी एकता गरे मात्र बहुमत सम्भव छ : देउवा

धादिङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनै पनि दललाई एकल बहुमत ल्याउन कठिन हुने बताएका छन् । संविधानमा रहेको समावेशी र समानुपातिक प्रणालीले गर्दा यस्तो अवस्था आएको उनको भनाइ छ ।
नेपाली कांग्रेस धादिङका पूर्वसभापति स्व. भरतप्रसाद उप्रेतीको १३औँ दिनको तिथिमा धुनिवेशी नगरपालिका–७, नौबिसेमा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै देउवाले एकल बहुमतको वातावरण बनाउन पार्टीभित्र गुटको अन्त्य गरी एकता जरुरी रहेको धारणा राखे ।
उनले भने, “अहिलेको संविधान राम्रो, समावेशी र समानुपातिक छ...बहुमत ल्याउने वातावरण बनाउनका निम्ति पार्टी एकता जरुरी छ। एकताको सुरुवात धादिङबाटै गर्नुहोस्।“