Ad Image

मस्र्याङ्दी नदीमा अटोरिक्सा खस्दा ६ जना घाइते

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/jJPulauNumQZ2XwXnRiP.jpg

लमजुङ । लमजुङ–मनाङ जोड्ने बेँसीसहर–चामे सडकखण्डमा आज अटोरिक्सा मस्र्याङ्दी नदीमा खस्दा चालकसहित ६ जना घाइते भएका छन् । 

बेँसीसहरबाट मस्र्याङ्दी गाउँपालिकाको खुदीबजारतर्फ जाँदै गरेको गप्र ००४००१ ह २८५ नम्बरको अटोरिक्सा बेँसीसहर–६  खरखरे भिरबाट मस्र्याङ्दीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराले जानकारी दिए । 

गोरखाको आरुघाट गाउँपालिका–१ की ४५ वर्षीया स्यानुमाया गुरुङ, ३५ वर्षीया अञ्जली गुरुङ, ४८ वर्षीया धनकुमारी गुरुङ र ४० वर्षीया शिलादेवी गुरुङ तथा नुवाकोटको तादी गाउँपालिका–२ की ४५ वार्षीया सुस्मिता तामाङ र अटोरिक्सा चालक मस्र्याङ्दी–४ का ३० वर्षीय टोपबहादुर लामा घाइते भएका छन् । 

स्यानुमाया गुरुङ र  सुस्मिता तामाङलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको प्रहरी नायब उपरीक्षक बोहराले बताए । अन्य घाइतेको बेँसीसहर–८ स्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।