Ad Image

बागमती प्रदेशमा ४ जना मन्त्रीले दिए राजीनामा

User Image मेयरसाप डेस्क | २० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bagamati char mantri.jpg

हेटौँडा । बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने चार मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् । 

राजीनामा दिने मन्त्रीहरूमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने रहेका छन् ।

यो राजीनामा मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामालाई हटाउने कसरतको एक हिस्सा भएको स्रोतले बतायाे । संसदीय दलको नेताबाट लामालाई हटाएर नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रियाका लागि कांग्रेस सांसदहरूले प्रक्रिया अघि बढाएका छन् ।

३७ जना सांसद रहेको कांग्रेस संसदीय दलमा २४ जना मुख्यमन्त्री लामाको विपक्षमा रहेको बताइए पनि २१ जनाले मात्र हस्ताक्षर गरेको पत्र मुख्यमन्त्रीलाई ह्वाट्सएपमार्फत पठाइएको छ ।