इरानको जेलबाट ५ जना नेपाली स्वदेश फर्किए


काठमाडौं । इरानको जेलमा रहेका पाँच जना नेपाली नागरिक अदालतको आदेशपछि थुनामुक्त भई बिहीबार (हिजो) स्वदेश फर्किएका छन् ।
तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा उनीहरू काठमाडौं आइपुगेका हुन् ।
परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै यो जानकारी गराएको छ । इजरायल र इरानबीचको युद्धविरामपछि स्थिति सामान्य बन्दै गएको छ ।
यसअघि ती दुई देशबीचको द्वन्द्वका बेला नेपाल सरकारको अनुरोधमा भारत सरकारले तीन लटमा गरी ९ जना नेपालीलाई स्वदेश फिर्ता गरेको थियो ।