Ad Image

पूर्वराष्ट्रपति भण्डारीको प्रष्टोक्ति : ‘कुनै पदको लालसा छैन, जनताको सेवा गर्न फर्कें’

User Image मेयरसाप डेस्क | १९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bidhya press meet (1).jpg

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा वा आशक्ति नभएको बताएकी छिन् । 

शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफू राष्ट्रको सर्वोच्च पदमा पुगिसकेकाले अब पदको कुनै लालसा नरहेको तर्क गरिन् । भण्डारीले आफू राजनीतिमा फर्किएर देश र जनताको सेवा गर्ने विषयलाई अनौठो नमान्न आग्रह गरिन् ।

उनले भनिन्, ‘म राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनेर देश र जनताको सेवा गर्ने सङ्कल्प गर्नु कुनै अनौठो र आश्चर्यजनक विषय होइन। यो संवैधानिक अधिकार मात्रै होइन, मुलुकमा राजनीति गरेर पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको र आफ्नो पार्टी जीवनमा राजनीति लगाएर देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको हो।’