Ad Image

भण्डारीले सच्चाइन् अध्यक्ष बन्ने दाबी, पदको लोभ नभएको स्पष्टोक्ति (पूर्णपाठ)

User Image मेयरसाप डेस्क | १८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/GopalDahal-KTM-96b555105-81ee-4380-a540-8ca9db698338copy.jpg

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकपछि आज (शुक्रबार) पहिलोपटक सार्वजनिक रूपमा बोल्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई कुनै पदको लालसा वा महत्वाकांक्षा नरहेको बताएकी छिन् ।

आफू राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा नाम दर्ज गरिसकेकाले अबको उद्देश्य पार्टी सदस्य बनेर पार्टीलाई सबल बनाउने र राजनीतिमार्फत देश तथा जनताको सेवा गर्ने रहेको उनले स्पष्ट पारिन् ।

एमाले बैठकले भण्डारीलाई पार्टी राजनीतिमा आउन नमिल्ने भन्दै सदस्यता नवीकरणमा रोक लगाउने निष्कर्ष निकालेको थियो । यसै सन्दर्भमा भण्डारीले आफू ४५ वर्षदेखि पार्टी सदस्य रहेको र यति लामो समयपछि सदस्यता नवीकरणमा रोक लगाउन कसैलाई पनि नमिल्ने दाबी गरिन् ।

एमालेको उक्त निर्णयलाई उनले अवैध र अपरिपक्व बताउँदै यसले पार्टीको साख र प्रतिष्ठा गिराउने चेतावनी दिइन् । उनले आवेशमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायी रूपमा छोप्न सके पनि वास्तविकतालाई लुकाउन नसक्ने बताइन् ।

यस्तो छ पत्रकार सम्मेलनको पूर्णपाठ: